गृहपृष्ठ कैलालीकी १३ वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ
कैलालीकी १३ वर्षीया बालिका बलात्कारका आरोपी पक्राउ
जिल्ला प्रहरी कार्यालय कैलालीले १३ वर्षीया बालिका बलात्कारको अभियोग लागेका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी बलात्कारको आरोप लागेका कैलालीस्थित घोडाघोडी नगरपालिका–६, बछुरियाका हर्कबहादुर कुँवरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
कैलालीस्थित घोडाघोडी नगरपालिका की १३ वर्षीय बालिकाको घरमा कोही नभएको मौकामा बलात्कार गरिएको थियो । प्रहरीका अनुसार छिमेकीसमेत रहेका कुँवरले कोही पनि नभएको मौकामा बालिकाकै सलले मुख छोपेर बलात्कार गरेका थिए ।
कैलालीस्थित लम्की चुहा नगरपालिका–१० बाट कुँवरलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि फरार रहेका उनलाई आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ ।
प्रकाशित समय १६:१० बजे

















