गृहपृष्ठ वडाध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

वडाध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

कैलालीमा एकजना जनप्रतिनिधिसहित १६ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ३ बाट गएराति गोदावरी नगरपालिका १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

साथै उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढी नगद पनि बरामद गरिएको छ । केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने बस्नेतले बताए ।

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु