गृहपृष्ठ कोरोना नियन्त्रणका लागि साढे ११ करोड

कोरोना नियन्त्रणका लागि साढे ११ करोड

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सक्रमण नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले साढे ११ करोड रुपैयाँ छुट्याएको छ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रस्ताव मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार सो बजेटले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा अन्य स्थानमा आइसोलेसन कक्ष स्थापना गर्ने योजना छ ।

यसका साथै सबै स्थानीय तहलाई ३ करोड ससर्त अनुदान रकम दिइने र सम्पूर्ण मन्त्रीहरुको १ महिनाको पारिश्रमिक कोरोना नियन्त्रण तथा जोखिम व्यवस्थापनको कार्यमा लगाउने निर्णय भएको पनि मन्त्री सुवेदीले जानकारी दिए ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु