गृहपृष्ठ लकडाउन उल्लंघन गर्ने ६८ जनासहित १५७१ सवारीसाधन नियन्त्रणमा
लकडाउन उल्लंघन गर्ने ६८ जनासहित १५७१ सवारीसाधन नियन्त्रणमा
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्झाई-बुझाई गर्दासमेत अटेर गरी लकडाउन उल्लंघन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १८:२२ बजे

















