गृहपृष्ठ जिल्ला अदालतमा टीकापुर घटनाबारे बहस सुरू

जिल्ला अदालतमा टीकापुर घटनाबारे बहस सुरू

जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको पहिलो पेसी सुरू भएको छ । घटनाको झण्डै तीन वर्षपछि पहिलो पेसीका लागि साउन २४ गते समय तोकिएको थियो । तर, जिल्ला न्यायाधीश परशुराम भट्टराईको स्वास्थ्य समस्या देखाउँदै बुधबारका लागि सारिएको थियो ।

 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाको दोषी मान्दै दुई नाबालक र प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।

उनीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा चोरी मुद्दा चलाइएको जिल्ला अदालत कैलालीले जनाएको छ । हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका चौधरीको पेसी बिहीबार हुने जनाइएको छ । अधिवक्ता गजेन्द्र केसीका अनुसार बिहीवार सर्वोच्च अदालतले पेसी तोकेको हो । थरूहट र थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित आठ प्रहरीको मृत्यु भएको थियो ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु