गृहपृष्ठ बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ
बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ
धनगढीको वेलाबाट ६६ वर्षीय कृष्णबहादुर खडायत बलात्कारको आरोपमा पक्राउ परेका छन् । भाद्र १० गते साँझ हराएको चस्मा खोज्ने बहानामा बालिकालाई सेहरीको जंगलमा लगेर बलात्कार गरेको आशंकामा प्रहरीले खडायतलाई पक्राउ गरेको हो ।
बालिकाका परिवारलाई स्थानीयले प्रलोभनमा पारेर मिलापत्र गरेको प्रहरीले बताएको छ । बलात्कार जस्तो अपराध गाउँमा मिलापत्र गर्न नपाइने कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले बताए । यसै विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले बालिकालाई समेत धनगढी ल्याउँदै गरेको प्रहरी प्रमुख घिमिरेले बताए ।
प्रकाशित समय १४:५४ बजे

















