गृहपृष्ठ निर्मला पन्तका हत्यारा पत्ता लगाउन १५ संस्थाले एकसाथ दबाब दिँदै
निर्मला पन्तका हत्यारा पत्ता लगाउन १५ संस्थाले एकसाथ दबाब दिँदै
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४ दिन भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै सुदूरपश्चिम नागरिक समितिले सरकारलाइ दबाब दिने भएको छ । सुदूरपश्चिम सरोकार मञ्च, देउडा समाज, पश्चिम महिला जागरणसहित १५ संस्थाले संयुक्त रुपमा दबाब कार्यक्रम गर्ने भएका छन् ।
प्रहरीले प्रमाण नष्ट गरेको जानकारी भए पनि सरकारले उनीहरुलाइ कारबाही नगरेको अनेराश्वियुका सचिव ऐन महरले बताए । हत्यारा छानविनका लागि पाँच पटक उच्चस्तरीय समिति गठन भए पनि कुनै प्रतिवेदन सार्वजनिक नभएको उनले बताए । महरले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजिनामा मागिएकोप्रति त्यो उचित नभएको बताए ।
पोखरामा बलात्कार भएको छ घण्टामा अपराधि पत्ता लागेको तर कञ्चनपुरमा भएको घटनाको चाँही ७४ दिन सम्म पनि पत्ता नलगाएकाले कञ्चनपुरलाइ सरकारले अपहेलना गरेको महिला अधिकारवादी शारदा चन्दले आरोप लगाइन । बलात्कारका घटना सामाजिक घटना भएकाले राजनितिक घटनासँग जोडेर गृहमन्त्रीको राजिनामा माग्ने काम उचित नभएको संसद प्रदीप भट्टले बताए ।
प्रकाशित समय १७:२४ बजे

















