गृहपृष्ठ यात्रुबाहक बसले माेटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
यात्रुबाहक बसले माेटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र से ५ प ७५३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलमा सवार गोदावरी नगरपालिका ६ का २८ बर्षीया हेमन्त साउद र गोदावरी नगरपालिका कै २६ वर्षीया विक्रम खड्का रहेका छन् । उनिहरुको अत्तरीयाको पदमा अस्पताल पुर्याएर बरेली लैजाने क्रममा मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छ ।
प्रकाशित समय १९:०४ बजे

















