गृहपृष्ठ अछाममा ७ वर्षीया बालिका बलात्कृतः एक युवक पक्राउ

अछाममा ७ वर्षीया बालिका बलात्कृतः एक युवक पक्राउ

१४ वर्षीया किशोरीमाथि बलात्कार प्रयास

balatkar-newskarobar सांकेतिक तस्बिर

अछाममा ७ वर्षीय बालिका बलात्कृत भएकी छन् । अछामस्थित कमलबजार नगरपालिकामा ७ ती बालिका बलात्कृत भएकी हुन् भने अर्की १४ बर्षीया बालिकामाथि पनि बलात्कार प्रयास भएको छ ।

दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार नगरपालिका वडा–५ कीर्तिपुरका १८ बर्षीय एक युवकलाई पक्राउ गरेको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले दिएको जानकारी अनुसार ती युवकले बालिकालाई गत असोज ३ गते जङ्गलमा बाख्रा चराउन गएका बेला बलात्कार गरेका हुन् ।

बलात्कारका आरापी युवकले कार्तिक २ गते टीकाका दिन सोही ठाउँकी एक अर्की १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेपछि बालिकाले परिवारका सदस्यलाई आफूमाथि यौन दुव्र्यवहारको प्रयास भएको बताएपछि छिमेकी ७ वर्षीया बालिकाले एक महिना अघि आफू निजबाट नै जङ्गलमा बलात्कृत भएको बताएपछि घटना सार्वजनिक भएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी शाहीले दिएका छन् । बलात्कारको आरोपी युवकलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन हिरासतमा राखिएको छ । वर्तमान कानुनले १८ वर्षसम्म उमेरकालाई नाबालकको रूपमा परिभाषित गरेका कारण युवकको समेत परिचय खुलाइएको छैन ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु