गृहपृष्ठ मंसिर १३ देखि लम्की सांगीतिक महोत्सव हुँदै

मंसिर १३ देखि लम्की सांगीतिक महोत्सव हुँदै

कैलालीको लम्कीमा लम्की सांगीतिक महोत्सव २०७५ हुने भएको छ । ‘स्वाथ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीको आयोजनामा यहि मंसिर १३ गते देखि २२ गते सम्म लम्की सांगीतिक महोत्सव २०७५ आयोजना गर्न लागिएको हो ।

कैलालीको कला, संस्कृति, पर्यटन,कृषि, शिक्षा, स्वास्थ्यको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक समितिका अध्यक्ष समेत रहेका लम्की सांगीतिक महोत्सव २०७५ का मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद खनालले जानकारी दिए ।

१० दिन सम्म सञ्चालन हुने महोत्सवमा रमाइलो मेला, बाल उद्यान, स्थानीय कृषि प्रदर्शन, व्यवसायिक सामग्रीको प्रदर्शन, जनजाती तथा आदिवासी समुदायको भेषभुषाको प्रस्तुति रहने छ । त्यस्तै स्थानीय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरुको प्रदर्शनी, कृषि विज्ञहरुबाट कृषकलार्ई तालिमको व्यवस्था, साना उद्योगहरुबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सिपमुलक व्यवसाय सम्बन्धी परामर्श लिन पाइने महोत्सवका निर्देशक दिपक कुमार तिमिल्सेनाले बताए ।

महोत्सवमा करिब ४ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवबाट बचत भएको रकम सामुदयिक रेडियोको विकास, संस्कृतिको संरक्षण र शिक्षा क्षेत्रमा प्रयोग गरिने उनले बताए ।
महोत्सवले सुदूरपश्चिम प्रदेशकोे पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा संस्कृतिको प्रवर्दनका साथै कर्णाली चिसापानी, राजकाँडा, रिठेताल, आमपानी पितमारी, लगायतका धार्मिक पर्यटन क्षेत्र कैलाशधाम तिर्थस्थल बल्चौर, चन्द्रमलेश्वर मन्दिर, टिकापुर पार्क, घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज जाने मुख्य द्वारको रुपमा रहेको लम्की क्षेत्रको व्यवसायिक विकासमा टेवा पुग्ने आयोजक समितिका सदस्य लवबहादुर शाहीले बताए ।

महोत्सवमा विकृति बढाउने खालका गतिविधि तथा सांगीतिक प्रस्तुतिको न्यूनीकरणका साथै संस्कृतिको संरक्षण तथा प्रर्बधनमा जोड दिने खालका प्रस्तुति रहने समितिका सदस्य खडानन्द सापकोटाल बताए । कैलालीको पर्यटकीय स्थलको प्रचार प्रसारका साथै प्रवद्र्धनको लागि महोत्सव कोशेढुङ्गा सावित हुनेसमितिका सदस्य नृप स्वारले बताए ।

महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बाँके, सुर्खेत, अछाम लगायत भारतको उत्तर प्रदेश र उत्तराञ्चल राज्यका स्थानीय, कृषक, व्यपारी, व्यवसायी, विद्यार्थी, लगायत विभिन्न संघ संस्था तथा अनुसन्धान कर्ताहरुको सहभागिता रहने छ ।

महोत्सव अवलोकनको लागि प्रतिव्यक्ति ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । विद्यार्थी, जेष्ठ नागरीक र अपाङ्गता भएकाको लागि ४० रुपैयाँको व्यवस्था गरिएको छ । सिजनल टिकटको लागिप्रति टिकट ३ सय रुपैयाँ तोकिएको छ । महोत्सवमा झण्डै १ सय ५० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सवलाई सफल पार्न उप समिति समेत गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा षडानन्द सापकोटा, उप–संयोजकमा नृपबहादुर स्वार, सचिवालय निर्देशकमा दिपककुमार तिमिल्सेना, आवास तथा भोजन व्यवस्थापनमा लवबहादुर शाही, स्टल व्यवस्थापनमा मोहोन वुढाथोकी सांस्कृतिक व्यवस्थापनमा युवराज न्यौपाने रहेका छन् ।

त्यस्तै, टिकट तथा छपाइमा मनिष न्यौपाने, अनुगमन तथा मुल्याङ्गकनमा सुरेश रिमाल, खानेपानी, यातायात तथा रमाईलो मेलामा गणेश राज ओली, अतिथि सत्कारमा वविता न्यौपानर र भवानी प्रसाद वास्तोला, सुरक्षामा दिपेन्द्र थापा, प्रचार प्रसार तथा मञ्च व्यवस्थापनमा लिला प्रजापती, झाँकी प्रर्दशनीमा देवकी कार्की, स्वागत गेट तथा सरसफाइमा मनोज वोहरा लगायत रहेका छन् ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु