गृहपृष्ठ बर्दियामा एक व्यक्तिको हत्या

बर्दियामा एक व्यक्तिको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला आइतबार राति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए ।

सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा मृत्य भएको थियो । उक्त समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारण बारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताए ।
(रासस)

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु