गृहपृष्ठ मरेको ह्वेल पन्छाउन यस्तो सास्ती
मरेको ह्वेल पन्छाउन यस्तो सास्ती
अमेरिकाको सान फ्रान्सिस्को बेमा दुईवटा मरेका ह्वेल पन्छाउन निक्कै सकस परेको छ । यसै साता फेला परेका दुईवटा विशाल ह्वेल माछा पन्छाउन मुस्किल परेको हो । खैरो ह्वेल माछा पन्छाउन मरिन म्यामल सेन्टरका विज्ञ र क्यालिफोर्निया एकेडमी अफ सायन्सेजका साझेदारलाई निकै गाह्रो परेको थियो ।
ती दुईमध्ये एक ह्वेल माछा कुपोषणका कारण मरेको जलचरविज्ञहरूले बताएका छन् । अर्को ह्वेल माछाचाहिँ कसरी र किन म‑यो भनी पत्ता लगाउन वैज्ञानिकहरू असमर्थ रहेको मरिन म्यामल सेन्टरले जानकारी दिएको छ ।
प्रकाशित समय १२:५२ बजे

















