गृहपृष्ठ शशांक र शेखरले हिन्दु धर्मकाे पक्षमा बोलेर केही हुँदैन : देउवा
शशांक र शेखरले हिन्दु धर्मकाे पक्षमा बोलेर केही हुँदैन : देउवा
वार्तामा आउन ‘विप्लव’ समूहलाई आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘विप्लव’ समूहसँग वार्ता गर्न आग्रह गरेका छन् । पाल्पामा शनिबार पत्रकारसँग सभापति देउवाले ‘विप्लव’ समूहसँग वर्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले विप्लव समूहलाई पनि हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरे । सो समूहलाई सहमतिमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस हिन्दु धर्मको पक्षमा हो भन्ने प्रशन्मा सभापति देउवाले संविधानमा जे व्यवस्था छ त्यसैलार्य मान्ने बताए । ‘गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दु धर्मका पक्षमा बोलेर केही हुँदैन’ उनले भने ।
सभापति देउवाले वर्तमान सरकारले एक वर्षको राम्रो काम गर्न नसकेको बताए । कांग्रेसे र प्रजातन्त्र पर्यावाची शब्द रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेसले रेलिङ्ग भाच्ने काम नगर्ने बताए । प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताउदै उनले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए ।
प्रकाशित समय १२:४२ बजे
















