गृहपृष्ठ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका शौचालय खराब, अन्तरिक्ष यात्री डाइपरमा

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका शौचालय खराब, अन्तरिक्ष यात्री डाइपरमा

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) का कुनै पनि शौचालयले काम नगरेको नासाले बुधबार जानकारी दिएको छ । शौचालय बिग्रेपछि अन्तरिक्ष यात्रीहरूले विकल्पमा डाइपरको उपयोग गर्दै छन् । आइएसएसका कमान्डर लुसा परमिटानोका अनुसार अमेरिकाको भागमा रहेको शौचालयले लगातार खराब भएको संकेत गरेको छ । रूसको शौचालय पनि पूरै क्षमतासम्म भरिएकाले यसका उपयोग हुन सक्दैन ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रूसमा निर्मित दुई शौचालय जडान गरिएको छ । एउटा शौचालय अमेरिकको भागमा लगाइएको छ भने अर्को रूसको भागमा जडान गरिएको छ । यी दुईबाहेक अन्तरिक्ष स्टेसनमा जोडिएको सोयुज अन्तरिक्ष यानमा पनि शौचालय छ तर त्यसको प्रयोग अन्तरिक्ष यानले उडान गर्दा मात्र गरिन्छ । स्थिर रहेका समयमा यस शौचालयको प्रयोग कहिलेकाहीँ मात्र हुन्छ ।

अमरउजालाका अनुसार हिजोआज अन्तरिक्षमा दुई अन्तरिक्ष स्टेसनमा काम हुँदै छ । तीमध्ये एउटा अमेरिका, रूस, युरोपीय संघ, कनाडा र जापानको सहयोगमा सञ्चलित छ । यसलाई ‘अन्तर्राष्ट्रिय स्पेस स्टेसन’ (आइएसएस) का नामबाट चिनिन्छ । अर्को अन्तरिक्ष स्टेसन ‘तिआनगोङ-२’ चीनको हो । आईएसएसलाई पृथ्वी तल्लो कक्षमा स्थापित गरिएको छ । यसले निरन्तर पृथ्वीको परिक्रमा गर्छ । यसअघि रूसको अन्तरिक्ष स्टेसन ‘मिर’ ले पृथ्वीको परिक्रमा गर्थ्यो । यसको सञ्चालन खर्च अति धेरै र सुरक्षाका कारण सन् २००१ मा दक्षिण प्रशान्त महासागरमा खसालिएको थियो ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु