गृहपृष्ठ १० करोडको गेम लगभग ४ हजारमा बिक्री
१० करोडको गेम लगभग ४ हजारमा बिक्री
चीनको एक भिडियो गेमरलाई आफ्नै साथीको गेम क्यारेक्टर बेचिदिएको आरोपमा मुद्दा लागेको छ । चिनियाँ गेमर लु मउले ‘जस्टिक अनलाइन’ गेमको एक क्यारेक्टर बनाएर कस्टमाइज गर्दा करिब १० करोड युआन खर्च गरेको थियो । गेम क्यारेक्टर बनिसकेपछि उसले साथी ली माउसेङलाई दियो । माउसेङ धोको पूराहुन्जेल उक्त गेम खेल्यो । खेलमा उसको रूचि बढ्दै गयो । ऊ धेरै समय उक्त गेम खेल्यो । गेमर लु मउले केही समय खेल्नका लागि साथीलाई गेम दिएको थियो तर उसले भने बेचिदियो ।
एक स्वतन्त्र रिपोर्टका अनुसार धेरै गेम खेलेर आएको आलस्यका कारण माउसेङबाट ठूलो गल्ती हुन गयो । कस्टमाइज गेम क्यारेक्टर आफ्नै साथी लु मउलाई फर्काउने क्रममा माउसेनले त्रुटिबस गेम क्यारेक्टरलाई इन-गेम मार्केट प्लेस ‘नेट एज’ मा ३ हजार ८८८ युआनमा सूचीबद्ध गर्न पुगेको थियो । (एजेन्सी)
प्रकाशित समय १४:५२ बजे

















