गृहपृष्ठ एलआईसीले दियो राविन्द्र अधिकारीको १२ लाख बिमा रकम
एलआईसीले दियो राविन्द्र अधिकारीको १२ लाख बिमा रकम
लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेडले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम १२ लाख ६९ हजार भुक्तानी गरेको छ । उनको निवास पोखरा पर्साङमा पुगेर एलआईसी नेपालको एक टिमले कम्पनिको नियम अनुसार ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारजनलाई बिमाको मृत्यु दाबी रकम १२ लाख ६९ हजार ५ सय रुपैया भुक्तानी गरेको हो ।
मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका कारण उक्त रकम बराबरको चेक उनकी धर्मपत्नी बिद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् । ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको जीवन बिमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले बिमा गरेको कम्पनीले जनाएको छ ।
जीवन बिमा धारकको असामहिक निधन वा दुर्घटनाबाट मृत्यु भएकोले बिमाको कानुनि व्यबस्था अनुसार ५ लाखको बिमामा दुर्घटना ५ लाखकै हालसम्मको बोनस गरी उक्त रकम हस्तान्तरण गरिएको एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले बताए । भूकम्पको समयमा पनि कम्पनीले बिमा गर्ने व्यक्तिहरुका आफन्तलाई मृत्यु दाबी रकम छोटो समयमै उपलब्ध गराएको थियो भने मन्त्री अधिकारीको समयमा समेत मृत्यु दाबी रकम छिटो उपलब्ध गराएको कम्पनीको दाबी छ ।
साथै कार्यक्रममा मन्त्री अधिकारीको निधनको घटना प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको एजेन्सि म्यानेजर गोविन्द खड्काले बताए । मन्त्री अधिकारीको भोलि मंगलबार ७ दिनमै कृयाकर्म सकिने भएको छ । साथै उक्त दिनमै सुद्धासुद्धि हुने भएको उनका आफन्तले जनाएका छन् ।
प्रकाशित समय १५:०९ बजे

















