गृहपृष्ठ दुई विधेयक प्रमाणीकरण

दुई विधेयक प्रमाणीकरण

bidhya-bhandari-newskarobar

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु