गृहपृष्ठ सुरक्षा नीति परिमार्जनको प्रतिवेदन हस्तान्तरण

सुरक्षा नीति परिमार्जनको प्रतिवेदन हस्तान्तरण

pratibedan

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।

वि.सं. २०७३ मा जारी भएको सो नीतिमा समयानुकूल परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै भएकाले राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर्याउँदै आएको कुरा प्रशंसनीय रहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले प्रतिवेदन बुझाउँदै नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषद्ले गत असोज १ गते सो नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते गठित ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो । (रासस)

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु