गृहपृष्ठ चारवटा आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन

चारवटा आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन

samsadiya sunuwai फाइल तस्बिर ।

संसदीय सुनुवाइ विशेष समितिले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।

मंगलबार बसेको सुनुवाइ समितिको बैठकले वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा सान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयीकुमार दत्त र थाररू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अध्यक्षका लागि अनुमोदन गरेको हो ।

कुनै पनि उजुरी नपरेकाले चारै आयोगका प्रस्तावित अध्यक्षको नाम समितिले सिफारिस गरेको हो । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध उजुरी परेकाले सुनुवाइ बाँकी छ ।

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु