गृहपृष्ठ अख्तियारद्वारा प्रहरी नायव निरीक्षकविरूद्ध मुद्दा दायर

अख्तियारद्वारा प्रहरी नायव निरीक्षकविरूद्ध मुद्दा दायर

CIAA

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक सूर्यबहादुर नेपालीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रहरी नायव निरीक्षक सूर्य बहादुर नेपालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

उनले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुन बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा समेत भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको अख्तियारले दावी गरेको छ ।

‘निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा(१) बमोजिमको कसुर भएको देखिएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ.ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई,’ अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ, ‘विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।’

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु