गृहपृष्ठ विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालन गरिने भएको छ । शारीरिक रुपमा अशक्त भएकाले मन्दिरमा दर्शन गर्न नपाएको गुनासो आएपछि लिफ्ट सेवा सञ्चालन गर्न लागिएको हो । लिफ्ट नहुँदा पर्यटकीय एवं धार्मिक तिर्थ स्थल विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न अशक्त र ज्येष्ठ नागरिकलाई समस्या भएको थियो ।

अब त्यो समस्या हट्ने भएको छ । ज्येष्ठ नागरिक र अशक्त भएका व्यक्तिहरुको लागि लक्षित गरी विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा संचालन गर्न लागिएको विन्ध्यवासिनी धार्मिक
क्षेत्र विकास समितिका अध्यक्ष एवं लक्ष्मि ग्रुपका अध्यक्ष उद्योगपति गणेशबहादुर
श्रेष्ठले बताए । निश्चित शुल्क लिएर पनि समितिले अन्य व्यक्तिहरुको लागि लिफ्ट सेवा सञ्चालन गर्न सकिने उनले जनाए ।

अध्यक्ष श्रेष्ठका अनुसार विगत ८ महिनामा उक्त लिफ्ट निमार्ण भएको हो । ६ सय ८० केजी तौल क्षमता रहेको लिफ्ट सेवा यही फागुन २३ गते देखि औपचारिक उद्घाटन गरी सेवा संचालन गर्ने तयारी गरिएको उनले बताए । नेपालकै लक्ष्मि ग्रुप र हुण्डाइ कम्पनीले करिब एक करोडको लागतमा उक्त लिफ्ट सेवा बनाएको हो ।

६० फिट अग्लो उक्त लिफ्ट सेवाबाट दृश्यावलोकन समेत गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए । समितिले संस्कृत विद्या पिठ स्थापना गर्ने योजना पनि बनाएको छ । यसअघि समितिले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु