गृहपृष्ठ मिथिलाञ्चलको मिथिला माध्यमिकी परिक्रमा सुरु

मिथिलाञ्चलको मिथिला माध्यमिकी परिक्रमा सुरु

मिथिलाञ्चलको सबैभन्दा लामो ऐतिहासिक तथा धार्मिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा बुधबारदेखि सुरु भएको छ । धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मठबाट उठाएकोे डोला आज जनकपुरको हनुमाननगरमा ल्याएर विश्राम गरिएको छ । ठेराकचुरीस्थित मठबाठ उठाएको भगवान श्रीराम र माता जानकीको डोला र जनकपुरस्थित जानकी मन्दिर र रत्नसागरको डोलालगायत अन्य मठमन्दिरको डोला समेत सहभागि गराउँदै हनुमानगरमा विश्राम गराउने चलन रहेको छ ।

मिथिला माध्यमिकी परिक्रमा नेपाल र भारतको भुभागलाई छुने गरिन्छ । यो परिक्रमा नेपाल भारत गरि १ सय २० किलो मिटर परिक्रमा गर्ने गरिन्छ । नेपालमा ९० किलो मिटर र भारतको विहार राज्यमा ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।
बुधबार हनुमानगरमा विश्राम गरि बिहीबार विहानै भारतको कलनास्थित कल्यानेश्वरमा पुर्यार विश्राम गरिन्छ ।

यो १५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै ,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रमा गरि माध्यमिकी परिक्रमा सम्पन्न हुनेगर्दछ ।

परिक्रममा नेपाल भारतको हजारौ भक्तजनले सहभागिता जनाउने गर्दछन् । १५ दिने परिक्रममामा सहभागिता जनाउन नसक्नेले जनकपुरधाममा हुने अन्तरगृह परिक्रमामा सहभागिता जनाएको खण्डमा १५ दिने परिक्रममा गर्नेहरुकै सरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कतिपय भक्तजनले २४ घण्टामा१ सय २० किलोमिटर दुरीको भ्रमण गर्ने गरेका छन् ।
विभिन्न बाजागाजा र धार्मिक झाँकी किर्तनका साथै लोकसांस्कृतिक कार्यक्रम गर्दै भक्तजनहरु परिक्रममा सहभागि हुने गरेका छन् । यस परिक्रमाको अन्तिम दिन जनकपुरमा अन्तरगृह परिक्रमाको समाप्ति पछि होली मनाउने चलन रहेको छ ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु