गृहपृष्ठ ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु
ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु
विराटनगरमा बिहीबार ट्रयाक्टरको ठक्कबाट एक महिलाको मत्यु भएको छ । बिहीबार विराटनगर-१२ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्रयाक्टरले विपरित दिसाबाट पैदल आउँदै गरेकी विराटनगर-१६ की ५० वर्षिया ठेकनीदेवी रायलाई ठक्कर दिँदा उनी गम्भिर घाइने बनेकी थिइन् । गम्भीर घाइते भएकी रायको उपचारका क्रममा मृत्यु भएको हो ।
रायलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यू भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक सुनसरी बर्जु गाउँपालिका-३ का ४० वर्षिय कोरामा पहाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित समय १८:४८ बजे

















