गृहपृष्ठ बलात्कार प्रयास गरेको आरोपमा एक पक्राउ
बलात्कार प्रयास गरेको आरोपमा एक पक्राउ
रुकुम पश्चिमबाट बलात्कार प्रयास गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
आफैले पढाउदै गरेकी एक छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा सानीभेरी गाँउपालिका–९, सिम्लीको राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्का पक्राउ परेका हुन् । तग मंगलबार गाउँमा भैंसीको उपचार गर्न जाऔँ भन्दै खड्काल छात्रालाई मोटरसाइकलमा लिएर गएका थिए । गाउँ पुग्नुअघि जंगलमा खड्काले बलात्कारको प्रयास गरेपछि छात्राले चिच्याउँदै स्थानीयसँग गुहार मागेको बताइएको छ ।
छात्राले प्रहरीसमक्ष बलात्कार गर्न खोजेकोले कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित समय ०७:०२ बजे

















