गृहपृष्ठ राष्ट्रपति भण्डारीद्वारा महिला दिवसको शुभकामना
राष्ट्रपति भण्डारीद्वारा महिला दिवसको शुभकामना
फाइल तस्बिर
आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका गरी मनाइँदैछ ।
महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छन् । उनले महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।
‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ,’ सन्देशमा भनिएको छ ।
प्रकाशित समय ०७:३३ बजे

















