गृहपृष्ठ अपहरणमा परेकी सांसद प्रहरीको सम्पर्कमा
अपहरणमा परेकी सांसद प्रहरीको सम्पर्कमा
अपहरणमा परेकी भनिएको प्रदेश सभा सांसद देवकी मल्ल सम्पर्कमा आएएकी छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको खबर सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितालसँग उनको सम्पर्क भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरे । अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आउन बाँकी छ । मल्ल बझाङ ‘ख’ की प्रदेश सभा सांसद हुन् ।
प्रकाशित समय १७:०४ बजे

















