गृहपृष्ठ सिन्धुपाल्चोकमा प्याराग्लाइडिङ

सिन्धुपाल्चोकमा प्याराग्लाइडिङ

paraglading-korea-newskarobar

चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको हो । साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गठन गरी त्यसको शुभारम्भ गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने सङ्घका सचिव मिलन तामाङले जानकारी दिए ।

प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयवासीसँग रु दुई हजारदेखि रु ५० हजारसम्म रकम सङ्कलन गरिएको थियो । स्थानीयवासीले पर्यटन विकासमा सक्रियता देखाएकाले स्थानीय तहले समेत सहयोग गर्न लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए। हिमाली दृश्यका साथमा पहाडी भूभाग, नदीनालाका कारण रोचक अनुभव गरेको पाइलट रोशन बस्नेतले बताए । यसअघि जिल्लाको भोटेचौरमा प्याराग्लाइडिङको शुरुआत गरिएको थियो ।
रासस

प्रकाशित समय ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु