गृहपृष्ठ अनिशको अंग्रेजी उपन्यास ‘अ वाक अवे फ्रम होम’ सार्वजनिक

अनिशको अंग्रेजी उपन्यास ‘अ वाक अवे फ्रम होम’ सार्वजनिक

awalkawayfromhome-newskarobar

अनिश घिमिरेको अंग्रेजी उपन्यास ‘अ वाक अवे फ्रम होम’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा १८ वर्षे किशोर अनिशको उपन्यासको सचिव चन्द्र घिमिरे, अंग्रेजी भाषाविद प्रा.डा. राजन पोखरेल, प्रा. इन्द्र कार्की, नेपाल टेलिभिजनका पूर्वनिर्देशक जीवनाथ धमला र नोबलिस्ट अनिशका पिता अशोक घिमिरेले संयुक्त विमोचन गरे ।

विमोचन कार्यक्रममा सचिव घिमिरेले नेपालको साहित्य सिर्जनाको क्षेत्रमा ‘अ वाक अवे फ्रम होम’ ले अंग्रेजी भाषाका कृतिहरुको खडेरी तोडेको बताए । उपन्यासले तन्नेरी पुस्ताको भावनालाई कलात्मक रुपमा प्रस्तुत गरेको भन्दै उनले सिर्जनात्मक क्षमता तथा उत्कृष्ट लेखन शिल्प र शैलीका माध्यमबाट पाठकलाई  बाध्न सक्ने ल्याकत राख्ने बताए ।

अंग्रेजी भाषाविद प्रा.डा. पोखरेलले किशोरवयका अनिशको कृति भाषा, शैली, शिल्प, विचार सबै हिसाबले अब्बल रहेको भन्दै प्रशंसा गरे । प्रा. इन्द्र कार्कीले ‘अ वाक अवे फ्रम होम’ले अंग्रेजी भाषा साहित्यको क्षेत्रमा गर्विलो उपस्थिति जनाउन सक्ने सम्भावना औंल्याए ।

कार्यक्रममा उपन्यासकार अनिशले कल्पनाशिलताले नै सिर्जनाको उत्पत्ति गर्ने भन्दै आफू पनि कल्पनामा डुब्न रमाउने गरेको र सोही बानीले नै नोबल लेखन कार्यमा संलग्न हुन सहज भएको बताए ।

प्रकाशित समय २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु