गृहपृष्ठ १ सय ५ किलो चरेससहित तीनजना पक्राउ
१ सय ५ किलो चरेससहित तीनजना पक्राउ
धादिङबाट १ सय ५ किलो चरेससहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलका अनुसार बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो । पक्राउ पर्नेमा बस चालक विरगञ्जका लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका–७ का अनिल चौधरी र बाराकै बिन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह पक्राउ परेका हुन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:४२ बजे

















