गृहपृष्ठ प्रधानमन्त्रीले चेतावनी दिएको भोलिपल्ट राजपाले भन्यो- सरकारले द्वन्द्व निम्त्याउन खोज्यो

प्रधानमन्त्रीले चेतावनी दिएको भोलिपल्ट राजपाले भन्यो- सरकारले द्वन्द्व निम्त्याउन खोज्यो

mahendra_yadav_in_parliament

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवले सरकारले मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यादवले सिके राउतसँग सम्झौता गरी मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।

शुक्रबार पृथकतावदी अभियान चलाएका राउतसँग सरकारले सम्झौता गरेको भोलीपल्ट रौतहटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई ‘फुर्ती फार्ती’ नदेखाउन चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले यस्तो चेतावनी दिएको भोलीपल्ट यादवले संसदमै सरकारले द्वन्द्व निम्त्याउन चाहेको आरोप लगाएका हुन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले  आफूहरूले विखण्डनलाई कहिल्यै मान्यता नदिएको स्पष्ट पारे । ‘स्वतन्त्र मधेश गठबन्धनसँग गरेको सम्झौता स्वागतयोग्य छ,’ यादवले आइतबार संसदमा भने, ‘तर, विखण्डनलाई हामी मान्यता दिँदैनौं ।’

राजपाले मुलुकको अखण्डता बचाइराख्न चाहेको उल्लेख गर्दै उनले सम्झौतामार्फत सरकारले मुलुकलाई नयाँ द्वन्द्वमा लैजान खोजेको टिप्पणी गरे । ‘देशको अखण्डता बचाई राख्न राजपा चाहन्छ । सम्झौताको बारेमा जानकारी गराउनै पर्छ,’ उनले भने, ‘मुलुकलाई नयाँ द्वन्द्वमा लैजान खोजिँदैछ । सरकारले यसतर्फ लैजान खोजेको हामीलाई लागेको छ ।’

साथै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए । उनले आफुहरूसँग गरेको सम्झौताअनुरूप सरकारले काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रष्टिकरण दिए ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु