गृहपृष्ठ बम विस्फोट गराएको विरोधमा देशभरका म्यानपावर बन्द
बम विस्फोट गराएको विरोधमा देशभरका म्यानपावर बन्द
देशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराएको विरोधमा व्यवसायीले देशभरका म्यानपावर कम्पनी बन्द गरेका छन् ।
चन्दा नदिएको भन्दै शुक्रबार नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको समूहले घरमै राखिएको कारमा बम विस्फोट गराइएको थियो । सुरक्षाको माग गर्दै व्यवसायीले आइतबार देशभरका म्यानमावर कम्पनी बन्द गरेका हुन् ।
घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको समूहले लिएको छ । घटनामा संलग्नलाई कारवाही र सुरक्षाको माग समेत गरेका छन् ।
प्रकाशित समय १३:१८ बजे

















