गृहपृष्ठ चार महिनादेखि शिक्षकले तलब पाएनन्
चार महिनादेखि शिक्षकले तलब पाएनन्
धनुषाको नगराइन नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका शिक्षकहरुले तलब माग गरेका छन । गत मंसिरदेखि फागुन महिनासम्म पाउनुपर्ने रकम अहिलेसम्म नपाएको भन्दै शिक्षकहरुले तलब माग गरेका हुन् । शिक्षकहरुले तलब नपाउँदा घर परिवार चलाउन समस्या भएको भन्दै तलव भत्ता उपलब्ध गराउन नगरपालिका र गाउँपालिकालाई अनुरोध गरेका छन ।
स्थानिय तहबाट शिक्षकहरुले तलब र भत्ता पाउनुपर्ने भएपनि स्थानिय तहको लापरवाहीले गर्दा शिक्षकहरुले समयमै रकम पाएका छैनन् । नगराइनस्थित हाँसपट्टीको श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यानाध्यापक अशोक साहले नगरपालिकामा तलब भत्ताको लागि तकेता गर्दा पनि निकासा नभएको बताए ।
तलब भत्ताको माग गर्दै नगराइन नगरपालिकास्तरीय नेपाल शिक्षक संघको पदाधिकारी ७ दिने दिएको अध्यक्ष हरिनारायण मन्डलले जानकारी दिए । लक्ष्मीनियाँ गाउँपालिकास्थित श्री राष्ट्रिय आधारभुत विद्यालय भंगहाका शिक्षक नवलकिशोर यादवले आफूहरुले ४ महिनादेखिको तलब भत्ता नपाएको र होलीको समयमा समेत तलब भत्ता नपाएको बताए ।
शिक्षक यादवले स्थानीय तहमा आएको तलब निजामति कर्मचारीको जस्तै नियमित रुपमा पाउनुपर्ने माग गरे ।यता, नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवले खाता संचालनको लागि कार्यकारी र लेखा अधिकृत नभएकाले समस्या भएको बताए । शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले स्थानीय तहलाई शिक्षकहरुकाे तलब समयमै दिन निर्देशन दिइएको बताए ।
प्रकाशित समय १७:०१ बजे