गृहपृष्ठ स्थान अपुग भएपछि सर्ने भयो श्रम कार्यालय

स्थान अपुग भएपछि सर्ने भयो श्रम कार्यालय

सीप विकास केन्द्रमा जाने निश्चित

saram_butwal

बुटवलको चाँदबारीमा गत पुस १५ देखि सञ्चालनमा आएको श्रम तथा रोजगार  कार्यालय साँघुरो ठाउँमा राखिएको कारण सेवाग्राहीहरुले पटक-पटक सेवा लिन अफ्ठारो भएको गुनासो गर्दै आएका थिए ।

लाईन लाग्न समेत नमिल्ने गरी राखिएको श्रम कार्यालयको सेवाग्राहीहरुले पटक-पटक गुनासो गर्दै आएका थिए । फागुन २७ गते संघीय सरकार श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्णराज विष्टले छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा सेवा ग्राहीबाट नै मन्त्रीलाई गुसानो आएको थियो ।

तत्काल यो स्थानबाट सार्न सेवाग्राहीले पटक-पटक आग्रह समेत गरेका थिए ।

छड्के निरीक्षणको क्रममा रहेका मन्त्रीले अनुगमनपश्चात अबको ५ दिनभित्र कार्यालय उचित स्थानमा सार्न निर्देशन दिएका छन् । निरीक्षणपश्चात उनले कार्यालयमा रहेका  निमित्त कार्यालय प्रमुख बालकृष्ण थापा लगायतको टोलिलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री विष्टले भने, ‘यो स्थान सेवाग्राहीहरुको लागि उचित देखिएन, त्यस कारण ५ दिनभित्रमा नै कार्यालय उचित स्थानमा सार्नको लागि आग्रह गरिएको हो ।’

मन्त्री विष्टका स्वकीय सचिव मदन खनाललका अनुसार  सेवा ग्राहीबाट समेत पटक-पटक उचित स्थानमा श्रम कार्यालय राख्न आग्रह गरिएको गुनासो आएको थियो ।

श्रम कार्यालय बुटवलका कार्यालय प्रमुख उमेश शर्मा बिरामी भएको कारण विदामा थिए । कर्यालयमा रहेका निमित्त कार्यालय प्रमुख बालकृष्ण थापाले पनि साँघुरो ठाउँ भएको कारण समस्यामा परेको बताएका थिए ।

निमित्त कार्यालय प्रमुख बालकृष्ण थापाका अनुसार मन्त्रीज्युको निर्देशन अनुसार ५ दिनभित्र कार्यालय सार्न सम्भव नभए पनि कार्यालय सर्ने निश्चित भएको जानकारी दिए ।

कुराकानीमा उनले हाल भाडाको घरमा रहेको, पार्कीङ्ग सुविधा नभएको साथै सेवाग्राहीहरु समेत लाईनमा बस्न नसक्ने  स्थान भएकै कारण आफूहरुले पनि सार्ने प्रक्रियामा रहेको बताए ।

उनले व्यवसायिक तथा सीप विकास केन्द्रको एउटा भवन अहिले खाली रहेको कारण उक्त कार्यालय स्थानमा समेत निरीक्षण गरी कर्यालय सार्न उचित हुने देखिएको थापाले जानकारी दिए । भाडाको घरभन्दा सरकारी भवन प्रयोग गर्न पाउँनु आफैमा राम्रो पक्ष भएको समेत उनले बताए ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु