गृहपृष्ठ भरतपुर महानगरको वडा कार्यालयमा विस्फोट, ६ जना पक्राउ

भरतपुर महानगरको वडा कार्यालयमा विस्फोट, ६ जना पक्राउ

bharatpur-mahanagarpalika-newskarobar

चितवनको भरतपुर महानगर–५ को तोरीखेतस्थित कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

राति १२ः३० बजेतिर भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेका छन् भने आगलागीले कागजपत्र पनि जलेको छ । घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिएका छन् । विस्फोटको जिम्मा कसैले लिएको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टी संलग्न हुनसक्ने बताएको छ ।

विस्फोट गराएको आशंकामा राति नै ६ जना पक्राउ परेका छन् । 

प्रकाशित समय ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु