गृहपृष्ठ युभेन्टसको जितमा रोनाल्डोको ह्याट्रिक
युभेन्टसको जितमा रोनाल्डोको ह्याट्रिक
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लेगमा एट्लेटिको २–० ले विजयी भएको थियो ।
२७ औं मिनेटमा हेडमार्फत गोल गर्दै रोनाल्डोले आफ्नो टोलीलाई अग्रता दिलाए । ४८औं मिनेटमा फेरि हेडिङ गोल गर्दै रोनाल्डोले टोलीको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल हुंदा युभेन्टसले पेनाल्टी पायो । त्यसमा पनि रोनाल्डो गोल गर्न चुकेनन् र ह्याट्रिक पूरा गरे ।
अर्को खेलमा इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटीले जर्मनीको साल्केलाई ७–० ले हराउंदै समग्रमा १०–२ को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
प्रकाशित समय ०८:२० बजे

















