गृहपृष्ठ राजपाद्वारा संसद बैठक अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

राजपाद्वारा संसद बैठक अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

रष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बैठक सुरु भए लगत्तै राजपाले गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको हो ।

बुधबार संसदको बैठक सुरुभए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताए ।

राजपा सांसदहरु उठिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु