गृहपृष्ठ १६ प्याराग्लाईडिङ कम्पनीले मात्र नविकरण गरे

१६ प्याराग्लाईडिङ कम्पनीले मात्र नविकरण गरे

paraglading_pokhara फाइल तस्बिर।

पोखराका १६ वटा प्याराग्लाईडिङ कम्पनाीहरुले मात्र पोखरा महानगरपालिकाले दिएको समय सिमा भित्र स्थानिय कर सहित नविकरण तथा दर्ता गरेकाछन् । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाईडिङ कम्पनीलाई गत बुधबारदेखि प्याराग्लाईडिङ गर्न नदिने चेतावनी दिएसँगै एक हप्ता भित्र कर तिर्नेे सहमति भएपछि एक हप्तामा १६ वटा कम्पनीहरुले मात्र नविकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए ।

उनका अनुसार व्यवसायीहरुले एक दिन समय सिमा माग गरेकोले एक दिन बुधबार म्याद थप गरी महानगरपालीकाले विहिबार देखि नविकरण तथा दर्ता नगर्ने कम्पनीहरुलाई कारवाही स्वरुप पोखरामा प्याराग्लाईडिङ गर्न नदिने भएको छ । माउन्टेन भ्यु प्याराग्लाईडिङ कम्पनी, ब्लु स्काई, हिमालयन फ्रन्ट्रायर, मिसन टु हिमालयन, पिस हिमालयन, फोनिक्स , टिम फाईब, पोखरा अल्ट्रालाईट, फ्लाई निरभाना, न्यु प्यारा वल्र्ड प्याराग्लाइडिङ, हिमालयन ड्रागन, नेपाल फ्लाई स्कुल, ग्रिन वाल, फ्लाईङ बुद्ध, फ्लाई जोन र मोनाल प्याराग्लाईडिङ कम्पनीले मात्र मंगलबारसम्म पोखरा महानगरपालीकामा नविकरण तथा दर्ता गराएको राजश्व शाखा प्रमुख शर्माले जनाए ।

पोखरामा ५६ भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरु हुदा हालसम्म करिब २८.५ प्रतिशतले नविकरण तथा दर्ता गराएको राजश्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए ।  उनका अनुसार पोखराको माउन्टेन भ्यु प्याराग्लाईडिङ एउटा कम्पनी बाहेक सबै जसोले कर तथा नविकरण नै नगरी विगत ४ बर्षदेखि पोखरामा प्याराग्लाईडिङ संचालन गर्दै आएका छन् । २०७२÷७३ देखि हालसम्म ४ बर्षको स्थानिय निकायलाई व्यवसायीहरुले एक मुष्ट ८६ हजार रुपैया शुल्क तिर्नुपर्छ ।

पोखरामा तीन दीनमा प्याराग्लाईडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भएपछि पोखरा महानगरपालीकाले स्थानीय करको विषयमा चासो दिएसँगै व्यवसायीहरुले केहि घण्टामै महानगरपालिकासँग एक हप्ता भित्र कर तिर्ने गरी सहमती गरेका थिए । बिहीबारदेखि कर नबुझाउने प्याराग्लाईडिङ कम्पनीलाई कारवाही स्वरुप प्याराग्लाईडिङ उडान गर्न नदिने पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले चेतावनी दिए ।

कम्पनीहरुले २०७२/०७३ र २०७३/७४ को बार्षिक ५ हजार ५ सय २०७४/७५ को ५० हजार र आर्थिक बर्ष २०७५/०७६ को २५ हजार गरी जम्मा ८६ हजार रुपैयाँ कर तिर्नुपर्छ । यस बर्ष देखि एक लाख रुपैयाँ पर्यटन शुल्क वापत प्रदेश सरकारले स्थानय तहलाई कर संकलन गर्न आव्हान गरेको छ । यस विषयमापछि बसेर छलफल गर्ने भएको बताइएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले रकमको जोहो गर्दा आफुहरुले भनेको समय सिमा एक हप्ता भित्र उक्त शुल्क तिर्न कठिन भएकोले गर्दा केहि दिन
लाग्न सक्ने बताए ।

पोखरामा हाल ६० वटा प्याराग्लाईडिङ कम्पनीहरु रहेको हवार्य खेलकुद संस्था नाले जनाएको छ । उनीहरु मध्य माउन्टेन भ्युले मात्र स्तानीय तहलाई शुल्क तिरेको थियो भने बाँकी ५९ वटा कम्पनी विगत ४ वर्ष देखि कर नतिरेर पनि संचालन हुदै आएको अध्यक्ष थापाले बताए । पोखरामा हाल करिब ५० वटा कम्पनीले नियमित संचालन गर्दै छन भने पोखरामा दुई सय भन्दा बढी नेपाली प्याराग्लाइडिङ पाईलटहरु रहेका छन भने उतिकै सङख्यामा सोलो प्याराग्लाइडिङ पाईलटहरु रहेका छन् ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु