गृहपृष्ठ अछामको मेल्लेखमा सेञ्चुरी कमर्सियल बैंकको शाखा

अछामको मेल्लेखमा सेञ्चुरी कमर्सियल बैंकको शाखा

century-bank-full-logo-newskarobar

सेञ्चुरी कमर्सियल बैंकले अछामको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीको उपस्थिति थियो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यकाबाहिर ९७ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ गरी १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित समय १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु