गृहपृष्ठ कर नर्तिर्ने प्याराग्लाइडिङ कम्पनीलाई महानगरले कारवाही गर्ने

कर नर्तिर्ने प्याराग्लाइडिङ कम्पनीलाई महानगरले कारवाही गर्ने

paraglading_pokhara फाइल तस्बिर।

५० प्रतिशत भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरुलाई पोखरा कारवाही गर्ने भएको छ । एक दिनको थप म्याद दिँदा समेत ५० प्रतिशत भन्दा बढी कम्पनीहरुले कर सहित नविकरण तथा दर्ता गराउन नआएपछि महानगरले कारवाही गर्ने भएको हो ।५० प्रतिशत भन्दा बढी कम्पनीहरुले विगत ४ वर्ष देखिको कर नबुझाएकोले विहीबारदेखि उनीहरुलाई पोखरामा प्याराग्लाइडिङ गर्न प्रतिवन्ध गराईने भएको पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १८ (सराङकोट) को समन्वयमा महानगरले कर नबुझाउने कम्पनी विरुद्ध कारवाही गर्ने भएको उनले जनाए । २६ वटा प्याराग्लाइडिङ कम्पनाीहरुले मात्र कर सहित नविकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए । उनका अनुसार एक हप्तामा १६ वटा कम्पनीले कर बुझाएका हुन भने एक दिन म्याद थप गर्दा बुधबार मात्र १० कम्पनीले कर सहित नविकरण तथा दर्ता गराएका हुन् ।

पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाईडिङ कम्पनीलाई गत बुधबार देखि प्याराग्लाईडिङ गर्न नदिने चेतावनी दिएसँगै व्यवसायीहरुले एक हप्ता भित्र कर तिर्नेे सहमति भएको थियो । पोखराका व्यवसायीको माग अनुसार महानगरले एक दिन बुधबार समय सिमा दिएको थियो । यद्यपी पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरु मध्ये ३४ वटा प्याराग्लाइडिङ कम्पानीहरुले समय सिमा भित्र कर सहित नविकरण तथा दर्ता नगराएको हुँदा उनीहरुलाई कारवाही हुने भएको राजश्व शाखा प्रमुख शर्माले बताए ।

माउन्टेन भ्यु प्याराग्लाइडिङ कम्पनी, ब्लु स्काई, हिमालयन फ्रन्ट्रायर, मिसन टु हिमालयन, पिस हिमालयन, फोनिक्स, टिम फाईब, पोखरा अल्ट्रालाईट, फ्लाई निरभाना, न्यु प्यारा वल्र्ड प्याराग्लाइडिङ, हिमालयन ड्रागन, फ्लाई नेपाल, ग्रिन वाल, फ्लाईङ बुद्ध, फ्लाई जोन र मोनाल प्याराग्लाईडिङ कम्पनीले मात्र मंगलबारसम्म पोखरा महानगरपालीकामा नविकरण तथा दर्ता गराएको राजश्व शाखा शर्माले जनाए ।  बुधबार माउन्टेक हक प्याराग्लाइडिङ कम्पनी, प्यारा नोभा, ओपन स्काई, फन्टएयर, हेप्पी फ्लाई, हाई फ्लाइङ, माउन्टेन ओभर, नेपाल फ्लाई, सनराईज र सराङकोट प्याराग्लाईडिङ कम्पनीले पोखरा महानगरपालीकामा कर सहित नविकरण तथा दर्ता गराएका हुन्।

पोखराको माउन्टेन भ्यू प्याराग्लाइडिङ एउटा कम्पनी बाहेक अरुले कर तथा नविकरण नै नगरी विगत ४ बर्षदेखि पोखरामा प्याराग्लाइडिङ संचालन गर्दै आएको राजश्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु