गृहपृष्ठ विश्वभर नै सामाजिक सञ्जाल फेसबुकमा समस्या
विश्वभर नै सामाजिक सञ्जाल फेसबुकमा समस्या
सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने खुलेको छैन । कति प्रयोगकर्ताको फेसबुक नै बन्द भएको छ ।
खुलेकाहरुको पनि राम्ररी चलेको छैन । फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ ।फेसबुक खोल्दा इररको सन्देश आउच्छ । छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।
अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न नपाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,’ फेसबुकले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै इन्स्टाग्राममा पनि त्यस्तै समस्या आएको छ ।
प्रकाशित समय ०८:११ बजे

















