गृहपृष्ठ हेटौँडामा बर्ड फ्लू भेटियो

हेटौँडामा बर्ड फ्लू भेटियो

हेटौँडामा बर्ड फ्लू रोग देखा परेको छ ।

हेटौँडा उपमहानगर–७ , नागस्वतीका कुलप्रसाद चौलागाईले पालेको कुखुरामा बर्ड फ्लू भएको पशुसेवा विभागले पुष्टि गरेको हो । चौलागाईको फर्ममा दुई हप्तादेखि कुखुराहरु मर्दै आएका थिए । परिक्षणको रिपोर्ट ढिला आएकाले आज मात्र बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरणमा मकवानपुर प्रशासनले रोक लगाएको छ । कुखुरा र कुखुराजन्य पदार्थ बिक्री वितरण र बाहिर निकालेर अन्य क्षेत्रमा लैजान पनि प्रशासनले रोक लगाएको छ ।

नागस्वतीमा ६ वटा कुखुरा खोरमा १८ हजार कुखुरा रहेका छन् । यी सबै कुखुरा नष्ट गर्नुपर्ने भएको छ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु