गृहपृष्ठ वैशाखदेखि पोखराका बसमा ई–टिकेटिङ सिस्टम

वैशाखदेखि पोखराका बसमा ई–टिकेटिङ सिस्टम

नेपाली नयाँ बर्षको अवसरमा वैशाख एक गतेदेखि लागू हुने गरी पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी गरिएको छ ।

समय अनुसारको आम जनतालाई सेवा दिने उदेश्यले सो सेवा लागू गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा उक्त सिस्टमले थप सहयोग पुग्ने उनको अपेक्षा छ । पोखरा महानगरको समन्वयमा काठमाडौँको एन. क्लाउड प्रा.लि र पोखरा क्षेत्रका सार्वजनिक यातयात व्यवसायीहरुबीच सम्झौतापछि वैशाख एकदेखि पोखरा क्षेत्रका बस सेवामा ई–टिकेटिङ लागू हुनेछ ।

एक हजार रुपैयाँसम्म राख्न मिल्ने कार्ड बनाउदा १ सय ५० रुपैयाँ शूल्क लाग्नेछ । पोखराका पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिले ई–टिकेटिङ सिस्टमबाट सेवा दिनेछन् ।

प्रकाशित समय २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु