गृहपृष्ठ धनुषाको बटेश्वरस्थित जनप्रिय माविमा दिवा खाजा सुरु

धनुषाको बटेश्वरस्थित जनप्रिय माविमा दिवा खाजा सुरु

धनुषाको बटेश्वर गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालय भुचक्रपुरमा सोमबारदेखि दिवा खाजा कार्यक्रम सुरु गरिएको छ ।

वडाअध्यक्ष गंगाराम कुँवरले आइतबार विद्यालयमा आयोजित कार्यक्रमका बीच च्यूरा र दही विद्यार्थीलाई बाडेर दिवा खाजाको सुरुवात गरेका हुन् । दिवा खाजाले विद्यालयमा अनुपस्थित हुने गरेका विद्यार्थीहरु नियमित हुनेमा विश्वस्त रहेको उनले बताए ।

३ सय ९६ जना विद्यार्थी अध्ययरत जनप्रिय विद्यालयमा हाल बाल विकासदेखि कक्षा ५ सम्म एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । दिवा खाजाको सुरुवातसँगै विद्यालयले २ सय ४९ जनालाई छात्रवृत्ति रकम पनि प्रदान गरिएको छ ।

दलित छात्रवृत्ति अन्तर्गत ११ र छात्रा अन्तर्गत २ सय ३८ जनालाई जम्मा एक लाख १० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो ।

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु