गृहपृष्ठ होलीमा जबर्जस्ती रङ दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ कारबाही
होलीमा जबर्जस्ती रङ दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ कारबाही
फागु पूर्णिमा (होली) मा इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई सार्वजनिक मुद्दा चलाइने भएको छ । प्रहरीले जबर्जस्ती रङ दल्ने लोला हान्नेलाई सार्वजनिक मुद्दा लगाउने भएको हो ।
इच्छाविपरीत रङ दल्ने लोला हान्ने विकृति बढेपछि प्रहरीले सार्वजनिक मुद्दा चलाउने चेतावनी दिएको हो । हसद्भावको पर्व होली खुशीसाथ मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना समेत बनाएको छ । होलीको दिन ठाउँ–ठाउँमा मोबाइल टोली परिचालन गरिने प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए ।
‘मापसे गरेर सवारी चलाउने, जथाभावी लोला हान्ने र रङ दल्ने तथा उच्छृंखल गतिविधि गर्नेजस्ता अवाञ्छित घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा लैजान्छौं ’ उनले भने ।
आगामी चैत ६ गते बुधबार काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा र ७ गते बिहीबार तराईका जिल्लामा फागु पूर्णिमा मनाइँदैछ ।
प्रकाशित समय १६:१० बजे

















