गृहपृष्ठ घुम्ती बिमालाई अर्थमन्त्रीको साथ

घुम्ती बिमालाई अर्थमन्त्रीको साथ

ghumti bima_newskarobar

अर्थमन्त्री डा. युवराज खतिवडाले नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसयल सेक्युरिटी (एनसिस) नेपालले मुलुकका सातै प्रदेशमा सञ्चालन गर्न लागेको ‘घुम्ती बिमा’ राष्ट्रिय सचेतना अभियानलाई बलियो साथ दिने बताएका छन् ।

एनसिस नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री खतिवडाले मुलुकलाई आवश्यक काम गर्न लागेकोमा शुभकामना पनि दिए । उक्त अभियानको उद्घाटन उदयपुरको बेलका नगरपालिकाबाट चैत ९ गते हुँदैछ ।

‘कार्यक्रम परिणाममुखी हुन्छ भन्ने मेरो अपेक्षा छ,’ अर्थमन्त्री डा. खतिवडाले भने, ‘सचेतनामात्रै फैलाउने होइन, बजार नै विस्तार हुने खालको परिणाम कार्यक्रमले निकाल्न सक्नुपर्छ ।’ मुलुकलाई फाइदा हुने खालका कार्यक्रममा आफ्नो पूर्ण साथ रहने उनको भनाइ थियो ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु