गृहपृष्ठ शुकदेवलाई शहीद घोषणा गर्न माग
शुकदेवलाई शहीद घोषणा गर्न माग
जहानिया राणा शासन अन्त्यका लागि संघर्ष गर्ने सुकदेव गुरुङलाइ शहीद घोषणा गर्न माग गरिएको छ । शहीद शुकदेव राष्ट्रिय कार्यदल, नेपाल संरक्षण समितिले शुकदेवलाई शहीद घोषणा गर्नका लागि दवाव दिन संघर्षका कार्यक्रम शुरु गर्ने समेत जनाएको छ ।
समितिले बुटवल–१० रामनगरस्थित बौद्ध गुम्बामापत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम शुरु गरेको जानकारी गराएको हो । समितिका प्रवक्ता धनबहादुर गुरुङले अग्रणी शहीद शुकदेवलाई शहीद घोषणा गरि राष्ट्रिय सम्मान दिन आग्रह गरे ।राज्यले शुकदेवलाई शहीद घोषणा गर्न आनाकानी गरे शशक्त संघर्ष गर्ने चेतावनी पनि दिए ।
समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत चैत्र ८ गते विभिन्न जातीय संघ–संगठनको सहभागितामा बुटवलमा सर्वदलिय—सर्बपक्षिय बृहत अन्तक्रिया गर्ने, सोहि दिन नै प्रदेश न ५ का मुख्यमन्त्री शंकर पाखरेलमार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउने,१० गते भैरहवामा रहेको शुकदेव गुरुङको शालिक चोकमा सभा तथा १४२ औं संयुक्त स्मृती मनाउने समेत निर्णय गरेको छ ।
ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका अध्यक्ष बिमला गुरुङले दुर्घटनामा मृत्यु हुने ठूला दलका कार्यकर्तालाइ सहिद बनाउने तर देशको परिवर्तनमा योगदान दिनेलाइ सहिद घोषणा किन नगर्ने भन्दै सरकारलाइ प्रश्न गरिन् ।
कार्यदलले गुरुङलाइ शहीद घोषणा गर्न,सहिद प्रतिष्ठान घोषणा गर्न,राज्यबाट सहिद घोषणा गरि दिवस मनाउने ब्यबस्था गर्न,भैरहवाको सुकदेब गुरुङको शालिक रहेको चोकलाइ शहीद चोक घोषणाा गर्न समेत माग गरेको छ ।
प्रकाशित समय १३:४५ बजे

















