गृहपृष्ठ होलीको अवसरमा शुभकामना आदान–प्रदान

होलीको अवसरमा शुभकामना आदान–प्रदान

राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा होली पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ ।

होली पर्वका अवसरमा सो क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई कमिटीले विद्यार्थीहरुबीच शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले एक आपसमा भाइचारा अभिवृद्धि गर्दै युवाहरु एकजुट भएर देश निर्माणमा लागि पर्न आग्रह गरे ।

उनले पर्वका नाममा विकृति मैलाउदै गएकाले होली पर्वलाई मर्यादित बनाउनु पर्नेमा जोड दिए ।
उनले नेपाल बहुधार्मीक, बहुसांस्कृतिक र रिति रिवाजले भरिपूर्ण रहेको बताउँदै होली पर्वको विषेश महत्व रहेको बताए । उनले होलीका नाममा भित्रँदै गरेको विकृतिलाई युवा विद्यार्थीहरुले सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका वरिष्ठ नेता मृत्यून्जय मिश्र, मोरङका अध्यक्ष विपुल झा, नगर अध्यक्ष मनिष सरदार इकाई अध्यक्ष मोहम्मद अन्वर, कार्यबाहक अध्यक्ष निरज ठाकुरलगायतले होलीलाई मर्यादित बनाउनु पर्ने बताए ।

कार्यक्रममा सो क्याम्पसको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै रंग लगाएर होली पर्व मनाएको राष्ट्रिय विद्यार्थी संघ मोरङका अध्यक्ष विपुल झाले जानकारी दिए । कार्यक्रमको अध्यक्षता इकाई अध्यक्ष मोहम्मद अन्वरले गरेका थिए ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु