गृहपृष्ठ ‘विप्लव’ समूहका १७ जना कार्यकर्ता पक्राउ
‘विप्लव’ समूहका १७ जना कार्यकर्ता पक्राउ
सरकारले विप्लव समूहका १७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । आपराधिक र विध्वंशकारी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले देशको विभिन्न ठाउँबाट १७ जनलाई पक्राउ गरेको हो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ परेका छन् । विभिन्न घटनामा संलग्न रहेको आरोपमा अन्य नौ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको बताए ।
प्रकाशित समय १४:३३ बजे

















