गृहपृष्ठ नेपाल र कुवेतको मैत्रिपूर्ण फुटबल आज

नेपाल र कुवेतको मैत्रिपूर्ण फुटबल आज

नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग भिड्दैछ ।

कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि हुनेछ । प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आइपुगेको बताएका छन् । कालिनले कुवेत टिम राम्रो भए पनि आफू टिमका बारेमा जानकार नभएको बताए । नेपाली टिममा युवा खेलाडीको वर्चश्व रहेकाले आफ्नो टिम परीक्षणकालमा रहेको उनको भनाइ थियो ।

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् २००० मा भएको एएफसी एशिया कपमा कुवेतले नेपाललाई पाँच–शून्यले हराएको थियो । कुवेत विश्वकप खेलिसकेको छ भने एशिया कपको उपाधी जितिसकेको छ ।

प्रकाशित समय ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु