गृहपृष्ठ प्रधानमन्त्री ओलीले भने- मागेर राखेको मृगौला प्रधानमन्त्री भयो

प्रधानमन्त्री ओलीले भने- मागेर राखेको मृगौला प्रधानमन्त्री भयो

उपचारको अभावमा कसैले ज्यान गुमाउनु पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा अब कसैले ज्यान गुमाउनु नपर्ने बताएका छन् । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा प्रदेश स्तरीय स्तरको मेडिकल कलेजको उद्घाटन गर्दै उनले उपचारकोे अभावमा कसैले ज्यान गुमाउनु नपर्ने बताएका हुन् । सरकार विकासको मुल धारमा प्रवेश गरेको भन्दै उनले प्रादेशिक अस्पताल निर्माणले अभियान थालनी भएको बताए ।

प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको अवधारणा अनुसार नै सरकारको परिकल्पनामा एउटा प्रदेशमा एउटा सरकारी स्तरको मेडिकल कलेज बनाउने योजना अनुरुप नै मेडिकल कलेजको कार्य शुभारम्भ गरिएको बताए । प्रभावकारी रुपमा वैैज्ञानिक ढंगबाट उपचार गर्ने गरी मेडिकल कलेज स्थापना गर्न उनले आग्रह गरे ।

१२ वर्ष पहिला आफ्नो मृगौलाको फेल भएर उपचार गरिएको प्रसंग निकाल्दै उनले भने, ‘प्रभावकारी उपचार नभएको भए मेरो अहिले १२ औ पूण्य तिथि भइसक्थ्यो, तर मागेर राखेको मृगौला आज प्रधानमन्त्री समेत भैसक्यो ।’
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संसाद विष्णुप्रसाद पौडेलले विकास लहरको सुरुवात भएको बताए ।

उनले प्रधानमन्त्रीबाट उद्घाटन भएको कार्यालय र मेडिकल परियोजना प्रधानमन्त्रीको यहि कार्यकालमा नै पूरा हुने बताए । उनले भने, ‘यहि सरकारको पालामा नै यो मेडिकल कजेज सञ्चालनमा आउछ, उद्घाटनको लागि आजै नै प्रधानमन्त्री ज्युको समय बुकिङ्गगर्न चाहान्छौ ।’

कार्यक्रममा विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका सचिव डा. खगराज शर्मा ले समयमा नै परियोजना पूरा हुने बताएका थिए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले केन्द्र सरकारले तिलोत्तमममा प्रादेशीक मेडिकल कलेज सञ्चालनको लागि गरेको अभियानको साथमा जहिले पनि रहेको बताए ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु